Logo

प्रमुख समाचार

भीम रावलको चिन्ता : नेपाल कतै पूर्ण पराधीन हुने दुर्दिन देख्नुपर्ने त होइन !



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले असमान सन्धिसम्झौताबाट देशलाई मुक्त गर्न कसैले चासोन दिएको बताएका छन् । देशका नदीनाला, जनशक्ति र नागरिकलाई नै शरणार्थी बनाएर बेचेको भन्दै उनले अब ढुंगा माटो बेच्न राष्ट्रिय सहमतिको कुरा गरेको टिप्पणी गरे ।

ससामाजिक संजालमा नेता रावलले नेपाल कतै पूर्ण पराधीन हुने दुर्दिन देख्नुपर्ने त होइन भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘देशका नदिनाला बेचे, जनशक्ति बेचे, स्वनिर्णको अधिकार बेचे, नागरिकलाई शरणार्थी बनाउँदै बेचे अब ढुंगा माटो बेच्न राष्ट्रिय सहमति रे ! असमान र अपमानजनक सन्धि सम्झौताबाट देश मुक्त गर्न सहमति गर्न चासो छैन। यस्तै क्रियाकलापले मातृभूमि नेपाल कतै पूर्ण पराधीन हुने दुर्दिन देख्नुपर्ने त होइन ?’

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ११:१९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।