Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरण : संसदीय विशेष समिति बनाएर छानबिन गर्न रास्वपाको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपा सभापति रवि लामिछानले नक्कली शरणार्थी प्रकरणबारे संसदीय विशेष समिति बनाएर यसको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

सभापति लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति पनि जनाए ।

‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ । बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन् । यहाँ कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ’, उनले भने, ‘संसदीय विशेष समिति बनाएर छानबिन होस् ।’

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ११:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।