काठमाडौं । प्रतिनिसभा सांसद सरस्वती सुब्बाले भूमि आयोगको कामप्रति प्रश्न उठाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले आयोग गठन भएर काम सुरु भएको लामो सयमसम्म पनि उल्लेख्य उपलब्धि नदिएकोप्रति प्रश्न उठाएका हुन् ।
सांसद सुब्बाले भनिन्, ‘नीति तथा कार्यक्रको बुँदा नम्बर ५१ मा भूमि आयोगको कामलाई तीव्रता दिइने भनिएको छ । यसको मतलब के भूमि आयोग मैदानमा फुट्बल खेलिरहेको छ ?’
१५ महिना अघि काम सुरु गरेको आयोगसँग केन्द्र र जिल्ला जिल्लामा पनि समिति रहेको तर काम नभएको बताइन् । ‘भूमि आयोग बनेको काम थालेको १५ महिना भयो । ७७ जिल्लामा समिति छ । केन्द्रमा जम्बो टिम छ’, उनले भनिन्, ‘तर नीति तथा कार्यक्रममा पुन यो आयोगलाई सक्रिय बनाउने भन्ने कुरा लेखिएको छ ।’
विषयगत मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउँदै सांसद सुब्बाले नीति तथा कार्यक्रममा कति भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई कति जमिन दिने, कतिको जग्गा नापजाँच गर्ने र कतिलाई भूमिसहितको न्याय दिने भन्ने कुरा स्पष्ट नभएको भन्दै यसलाई बजेटमार्फत सम्बोधन गर्न माग गरेकी छन् ।




















प्रतिक्रिया