काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसदमा एमालेमाथि सुनको जलहरीका विषयमा लगाइएको आरोप तथ्यहीन भएको बताएका छन्।
पार्टी कार्यालयमा जारी अनुशिक्षणमा अध्यक्ष ओलीले एमालेलाई सबैतिरबाट घेराबन्दीको प्रयास भइरहेको बताउँदै यसको एमाले पार्टीपङ्तीबाट एकबद्ध भएर प्रतिवाद गर्नुपर्ने तर्क राखेका छन् । उनले संसदमा एमालेमाथि लगाइएको मिथ्याहिन आरोप कुनै जँड्याहाले बोलेको झैं भएको बताए । अस्तिका दिनमात्रै एकजना माओवादी सांसदले रोष्ट्रममा उभिएर बोल्दा बोल्दा, कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो पैसारु पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी हालेर भ्रष्टाचार गर्यो भनेर बोले,’ ‘हुनैपर्छ संसद अवरूद्ध, किनभने यस्तो बकवास ? जँड्याहाँले जाँड खाएको तालमा पनि त्यस्तो कुरा बोल्दैन।’आक्रोशपूर्ण भावमा उनले भने ।
‘दुई अर्ब पैसामा खायो भन्ने, त्यसको कि त पुष्टि हुन पर्योर ? पुष्टि हुने त कुनै सम्भावना छैन,’ उनले भने, ‘नेकपा एमाले, त्यसमा पनि केपी ओली जसले जिन्दगीभरि भ्रष्टाचारको विरूद्धमा अभियान चलाएर आएको छु। त्यही मानिसकोविरूद्ध१ यो त इमानका शत्रुहरूले गर्ने काम हो। देशद्रोही तत्वहरूले गर्ने काम हो।’ओलीले नेकपा एमाले भ्रष्टाचारविरुद्ध शून्य शहनसिलता बोकेको पार्टी भएको दाबी गरे ।




















प्रतिक्रिया