काठमाडौँ । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट अनुमोदन गरेको विधयेक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।
सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेपछि शीतलनिवासले कानुनविद्हरुसँग आवश्यक परामर्श समेत गरिसकेको छ । त्यसअनुरुप नै मन्त्रिपरिषद्ले विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको हो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्दा देश र जनताको हित विपरित हुने भन्दै अस्विकार गरेको विषयले टुंगो पाउला या नपाउला अहिले चासोको विषय बनेको छ ।




















प्रतिक्रिया