काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिनादबाब निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन् । उनले यो प्रकरण लज्जास्पद विषय भएको भन्दै यसले देशको अस्मिता लुटेको टिप्पणी पनि गरे ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नक्कली शरणार्थी प्रकरण बिथोलिए देशभर आन्दोलन हुन सक्ने समेत बताए । नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए ।
पूर्व प्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको बताए । उनले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताए ।




















प्रतिक्रिया