Logo

प्रमुख समाचार

पूर्वराजालाई झलनाथ खनालले भने– गद्दी फिर्ता आउने सपना नदेख्नुस्, बरू राप्रपा अध्यक्ष बन्नुस्



काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्न चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले बरु राप्रपाको अध्यक्ष बन्न वन नयाँ पार्टी खोल्न सुझाव दिए ।

‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन्। अहिले सामान्य जनता हुन्। उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्छन्।अभिनन्दनका कुरा छन्’, खनालले भने, ‘एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्। बरू राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्।’

नेता खनालले हिजो आन्दोलनमा ठूलो भूमिका खेलेका पार्टीहरूले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको औंल्याए । त्यसकारण यो १५ वर्षको समीक्षा गर्दै देशलाई अगाडि लैजानुपर्ने उनले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार १७:०७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।