प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेलाई जवाफ फर्काएका छन् ।
शनिबार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडि रास्वपाका सभापति रवि लामिछानेले गरेको प्रश्नको जवाफ फर्काएका छन् ।
लामिछानेले जेठ १० गतेको संसद् बैठक बोल्दै प्रधानमन्त्री प्रचण्डको मुटु हल्लिएको हो कि होइन भन्दै मुटु जाँच गराउन भनेका थिए ।
लामिछानेको जवाफ फर्काउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘एकजना माननीयले प्रधानमन्त्रीको मुटु हल्लिएको भन्नुभयो । विल्कुल आशंका नगर्न र सरकारले गरेको संकल्पमा दृढतापूर्वक उभिन आग्रह गर्दछु ।’




















प्रतिक्रिया