Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरण : आज थप ३ जनाको बयान



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये आइतबार थप तीन जनाको बहस सुरु भएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा अभियुक्त इन्द्रजित राई, सन्दीप रायमाझी र टंक कुमार गुरुङको बयान सुरु भएको हो । यसअघि शुक्रबार सागर राई र केशव प्रसाद दुलालको लिइएको थियो । शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो । कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १२:३७   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।