Logo

प्रमुख समाचार

रेशम चौधरीलाई आममाफी दिने सरकारको कदमप्रति रास्वपाको आपत्ति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)ले टीकापुर घटनामा सजाय भोगिरहेका रेशम चौधरीलाई सरकारले आममाफी दिने घोषणाको विरोध गरेको छ ।

पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका पूर्व सांसद रेशम चौधरीलाई कैदबाट मुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको देखिएको उल्लेख गरेका छन् ।

जघन्य अपराधमा अपराधी ठहर भएका व्यक्तिलाई आममाफी दिने कानूनी व्यवस्थाको मर्म विपरीत हुने गरी उन्मुक्ति दिने कार्य गम्भीर मानवअधिकारको उल्लंघन समेत भएको रास्वपाले बताएको छ ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार २२:०५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।