काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिँदैछिन् । कंसाकारलाई दिउँसो ३ बजे शपथ गराउने तयारी रहेको सभामुखको सचिवालयले जनाएको छ ।
यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले उनलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।




















प्रतिक्रिया