Logo

प्रमुख समाचार

संविधान विपरीत जबरजस्ती धर्म परिवर्तन गराउने गैरेविरुद्ध गृहमा उजुरी



काठमाडौं । पोखरास्थित ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्रले संविधान विपरीत जबजस्ती धर्म परिवर्तन गराइरहेको भन्दै छानबिन गरी कारकाही गर्न गृह मन्त्रालयमा उजुरी परेको छ । विस २०७१ यता सञ्चालन आएर ०७४ मा जिल्ला प्रशासन कार्यालयमा पोखरामा दर्ता भएको भएपनि उक्त केन्द्रको कुनै वार्षिक साधारणसभा नगर्नुका साथै आर्थिक अनियमितता पनि भएकोले छानबिन गर्न भन्दै उजुरी परेको हो ।

उक्त संस्थामा आएका धनमाल, जग्गाजमिन र उपहारलगायका सामाग्री पनि संस्थाका अध्यक्ष प्रकाशदीप गैरेले व्यक्तिगत रुपमा प्रयोग गर्ने गरेको र संस्थामा आवद्ध लाखौं नागरिकले योजना गरेता पनि अध्यक्षले एक्लौटी गरेको युवराज पौडेल ‘सफल’ले गृहमा हालेका उजुरीमा उल्लेख छ ।

‘विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका प्रकाशदीप गैरेको अध्यक्षमा सो संस्था दर्ता एवं संचालन भएको छ । संस्थाले हालसम्म कुनै पनि वर्ष वार्षिक साधारणसभा नगर्ने, आर्थिक हिसाबकिताब नगर्ने, संस्थाको नाममा आएका धनमाल, जग्गा जमिन, उपहार लगायका सामाग्रीहरु संस्थाको अध्यक्ष निज गैरेले नै व्यक्तिगत रुपमा प्रयोग गर्ने, संस्थाको पैसा लगानी गरी व्यक्तिगत रुपमा हिनामिना गरेको, संविधान विपरीत धर्म परिवर्तन गर्ने, धार्मिक विकृति विसंगति भित्र्याउने, विभिन्न रोगका उपचार गर्नु भन्दै विरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने, अन्धविश्वास एवं रुढीवादी प्रवृत्तिको पछि लाग्ने, सच्चाई केन्द्रको नाममा आर्थिक ठगी गर्ने लगायतको कार्यमा सो संस्था संलग्न रहेको छ ।’

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार १७:३१   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।