Logo

अर्थ

एनएमबिले भन्याे– बैंक लुटपाटमा संलग्नलाई कारबाही गर्नको अनुरोध भइसकेको छ



काठमाडौं । एनएमबि बैंकले आफ्नो महोत्तरी शाखामा भएको लुटपाटको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । महोत्तरी जिल्लाको नेपाल–भारत सीमाना नजिक रहेको महोत्तरी गाउँपालिकामा रहेको शाखा कार्यालयमा आज (सोमबार) बन्धुकधारी समूहले कबि ३५ लाख लुटेका छन् ।

दिउँसो करिब १२ः२५ को समयमा ३/४ जनाको समूहमा रहेका अपरिचित बन्धुकधारी व्यक्तीहरु प्रवेश गरी शाखा कार्यालयमा रहेको नगद लुटिएको हो । बैंकका अनुसार उक्त घटनामा कसैलाई पनि कुनै गम्भिर चोटपटक भने लागेको छैन ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार १८:३९   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।