Logo

अर्थ

शेयरमा चलखेल गर्नेहरुले राम्रो सँग नबुझी बजेटबारे गलत प्रचार गरे : अर्थमन्त्री



काठमाडौंँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा शेयर बजारका लागि ल्याइएको नीतिका विषय राम्रो सँग नबुझी शेयर लगानीकर्ताहरुले सरकारको नीतिले ५०/६० लाख लगानीकर्ताहरु खत्तम भए भन्दै प्रचार गरेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाजले बुधबार राजधानीमा आयोजनाको गरेको बजेट छलफल कार्यक्रममा बोल्दै मन्त्री महतले व्यवसायकै रुपमा नियमित कारोबार गर्नेलाई कर लाग्ने बताए।  यो करले ९९.९ प्रतिशतलाई छुँदैन।’जसले यसैबाट करोडौं रुपैयाँ कमाउँछन्,तिनलाई कर लाग्ने हो,  सामान्य लगानीकर्ताहरुलाई लाग्दैन,’ उनले भने,’

महतले भने अनुसार कुनै नागरिकले जागिर गरेर ५–६ लाख रुपैयाँ वर्षमा आम्दानी गर्छ भने कर तिर्नुपर्छ। तर सेयर बजारबाट करोडौं कमाउनेले तिर्नुपर्दैनथ्यो। अब त्यस्तोलाई कर लाग्ने उनले बताए। ‘बैंकमा बचत गर्नुभन्दा लगानी गर्छु। अलिकति सेयर किन्छु,बेच्छु भन्नेलाई लाग्दैन,’ उनले भने,’म्यासिभ रुपमा लगानी गरेर बजार नै तल र माथि बनाउनेलाई लाग्ने हो। बजारलाई तल लगेर किन्ने र माथि पु¥याएर बेच्छन्। उनीहरुका लागि हो।’

उनले पूँजिबजारमा लगानी गरेर धेरै नाफा आर्जन गर्नेरुले आफ्नोृ पक्षपोषणका लागि साना लगानीकर्ताहरुलाई बजेटले शेयरबजार धराशायी पार्ने भन्दै हल्ला फिजाएको जिकिर गरे ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १२:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।