Logo

अर्थ

शाखा बिस्तारमा नबिल बैंक आक्रामक,एकैपटक ३८ शाखा सञ्चालनमा ल्यायो



काठमाडौं । नबिल बैंकले एकैपटक ३८ वटा नयाँ शाखा सञ्चालमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पूरा गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा विशेष कार्यक्रम गरी देशभरका ३८ नयाँ शाखाहरूको उद्घाटन गरेको हो ।

“नबिल बैंक अब तपाईँसंग अझै नजिक” भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातौं प्रदेशमा एकैसाथ ३८ शाखा सञ्चालमा ल्याएको हो ।३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालमा ल्याइएको बैंकले जनाएको छ ।त्यस्तै, कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालमा ल्याएको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले आठ वटा र बैंक सञ्चालक निर्वाण चौधरीले आठ वटा शाखाहरू उद्घाटन गरेका हुन् ।
त्यसैगरी, बैंकका सञ्चालक आशा राणा अधिकारीले थप वटा र बैंकका सञ्चलकनन्त पौडेल र प्रविन तिबडेवालाले थप ७र७ वटा शाखाको उद्घाटन गरेका हुन् ।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपस्थ अधिकारी र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । ३८ नयाँ शाखा सञ्चालमा आएसँगै बैंकका शाखा कार्यालयको सङ्ख्या २५५ पुगेको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १२:४५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।