Logo

अर्थ

कतै धान रापिँदै त कतै काटिँदै



काठमाडाैं । कृषि प्रधान देश नेपालमा हरेक माैसममा कुनै न कुनै बाली लगाइन्छ भने केही बाली उठाइन्छ । भाैगाेलिक बनावटका आधारमा माैसममा आउने विविधता कारण केही ठाउँमा बाली लगाउने बेला केही ठाउँमा उठाउने बेला भइरहेकाे हुन्छ ।

अहिले पनि जुम्लातिर धान राेपाइँ गरिँदै छ भने नवलपरासीतिर धान काट्ने बेला भएकाे छ । जुम्लाकाे तातोपानी गाउँपालिका- ४ का स्थानीय खेतमा किसानले मार्सी धानकाे राेपाइँ गरिरहेका छन् ।

उता नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती क्षेत्रमा भने किसानले चैते धान काट्दै छन् । यतिबेला चैते धान लगाएका किसान धान काट्न व्यस्त छन् ।

तस्बिर : रासस

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १२:१४   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।