Logo

अर्थ

निर्माण व्यवसायीको चेतावनी : असार ४ भित्र सबै आयोजनाहरूको म्याद थप नभए काम ठप्प पार्छौं



काठमाडौं । निर्माण व्यवसायीहरूले सरकारले आयोजनाको म्याद थप नगरे आयोजनाको काम ठप्प पार्ने जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतवार गरेको पत्रकार सम्मेलनमा निर्माण व्यवसायीहरुले सरकारले २०८० सालको असार ४ भित्रमा सबै आयोजनाहरूको म्याद थपको निर्णय नगरे सम्पूर्ण आयोजनाहरू ठप्प गर्ने चेतावनी दिएका हुन् ।

‘२०८० असार ४ भित्रमा सबै आयोजनाहरूको म्याद थपको निर्णय नभएमा सम्पूर्ण आयोजनाहरू ठप्प गरी निर्माण व्यवसायीहरू आफ्ना सबै इजाजत पत्रहरू राज्यलाई बुझाएर आन्दोलनमा होम्मिन बाध्य
हुनेछौं,’ महासंघका अध्यक्ष रवि सिंहले भने ।

२०७९ मंसिरमा भएको संघीय तथा प्रदेशको निर्वाचनको असर, राज्यबाट हालसम्म व्यवसायीहरूलाई भुक्तानी गर्न नसकिएको, बजारमा मूल्यवृद्धिका कारण सप्लाई चेन अस्तव्यस्त रहेको, बैंकहरूबाट ऋण उपलब्ध नगराइएको लगायतका कारणले हाल करीब ३ हजार भन्दा बढी आयोजनाहरूको म्याद थप गर्न महासंघको सरकारसँग माग छ ।

ती आयोजनाको म्याद थप नभएकाले नेपाल सरकारलाई नै आर्थिक भार बढ्न जाने र आयोजनाहरू अलपत्र पर्ने भएको हुँदा सम्पूर्ण आयोजनाहरूको म्याद थप बापत् हर्जाना नलाग्ने गरी निर्माण व्यवसायी र आयोजनाले कार्य तालिका तयार गरी मूल्य समायोजन सहित एकमुष्ट रुपमा २०८१ असार मसान्तसम्म म्याद थप गरिनुपर्ने र उक्त अवधि भित्र कार्य तालिका बमोजिम कार्य सम्पन्न नहुने आयोजनाहरूको ठेक्का सम्झौता सुविस्ताको आधारमा अन्त्य गरिने व्यवस्थाका लागि अनुरोध गरेको महासंघको अपिल छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १६:१९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।