काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले इमान्दार भएर बजेट निर्माण गरेको दाबी गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिँदै भने, ‘म सबैलाई स्पष्ट गर्न चाहन्छु, इमान्दारितामा मेरो एक इन्च, एक रौं पनि हल्लिएको छैन । जसको निजी स्वार्थ छ उनीहरु पछि लाग्या छन् । यो बाहेक अरु केही कुरै छैन ।’
धेरे इमान्दार हुँदा आफूमाथि प्रश्न उठेको मन्त्री महतको गुनासो छ । ‘इमान्दार भएर काम गर्न कठिन रहेछ । इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ । वास्तविकता यति पारदर्शी ढंगबाट कुनै कसैको प्रभावबाट मुक्त भएर काम गरेको छु’, उनले भने ।
आफू अर्थमन्त्री भएदेखि नै कसैको प्रभावमा नपरी इमान्दार भएर काम गर्ने प्रतिबद्धताका साथ मन्त्रालयका छिरेको बताए । पदमा रहेसम्म यो प्रतिबद्धतालाई कर्तव्यनिष्ठ भएर त्यसलाई पूरा गर्ने बताए ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने समाचारलाई नै हवला दिएर प्रश्न उठाइएको बताए । ‘जहाँसम्म बजेट निर्माणमा जेठ १४ गते राति अनधिकृत व्यक्ति प्रवेश गर्यो भन्ने समाचार आयो त्यसैलाई हवला दिएर प्रश्न उठाइयो’, उनले भने, ‘हामीले कानुनले जो जो व्यक्ति बसेर करका दर हेरफेर गर्ने भनेको यी नै पदाधिकारी र सदस्य बसेर यो करका विषयमा छलफल गरेका छौं । के को आवश्यक्ता छ ? कहाँ यथावत राख्ने ? कहाँ खारेज गर्ने भन्ने निर्णय हामीले स्वतन्त्रपूर्वक गरेका छौं । सबैको सुझाव र सल्ला र आफ्नो अध्ययनको आधारमा निर्णय गरिएको छ ।’
अनधिकृत व्यक्ति भनिएका पूर्व नासु रामकृष्ण श्रेष्ठ अन्य स्थायी कर्मचारीसहरकै करारमा नियुक्त गरिएका अनुभवी र इमान्दार कर्मचारी रहेका अर्थमन्त्री महतले बताए । उनलाई आफू अर्थमन्त्री हुनुअघि नै नियुक्त दिइएको पनि महतले बताए । ‘बजेट फाइनल गर्ने क्रममा धेरै सहयोग चाहिन्छ । उहाँ (रामकृष्ण)ले यसमा ३० वर्षदेखि काम गर्दै आउनु भएको छ । यसमा दक्ष, अनुभवी र इमान्दार व्यक्ति हो’,उनले भने, ‘उहाँको काम सम्बन्धित आधिकारिक व्यक्तिहरुले आधिकारिक निर्णय भएको करका दरदेखि लिएर संशोधन जे छ निर्णय पक्रियमा बसेका पदाधिकारीको आदेश अनुसार यो यो यसरी इन्ट्री यसरी गर्नु भनेर गर्ने हो । त्यसै प्रयोजनका लागि उहाँलाई नियुक्त गरिएको हो । फेरि उहाँले म आउनुभन्दा अगाडि नै नियुक्ती प्राप्त गर्नुभएको रहेछ ।’
निर्णय प्रक्रियामा श्रेष्ठको कुनै संलग्नता नरहेको दाबी पनि गरे । ‘निर्णय प्रक्रियामा उहाँका संलग्नता हुने कुरै भएन । निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेकै पदाधिकारीको निर्देशन अनुसार यो यो इन्टर गर्ने भनेर गर्ने काम मात्र हो उहाँको’, उनले भने, ‘यसैलाई अनधिकृत भनियो । त्यसैलाई चलखेल गर्यो भनेर कसैले भनिदियो ।
- याे पनि…
‘बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे चित्त बुझ्दो जवाफ नआए सडक र सदनमा आन्दोलन’




















प्रतिक्रिया