काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने घोषणा गरेका छन् ।
धितोपत्र बोर्डको आज ३१औँ वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष हमालले ओपन इन्ट्री एण्ड एक्जिटको आधारमा ब्रोकर लाईसेन्स दिन थालिएको बताउँदै २ महिनाभित्र ब्रोकरको संख्या ९३ पुग्ने बताएका हुन् ।
आगामी आर्थिक वर्षभित्र कमोडिटिज एक्सचेन्ज पनि सञ्चालन गर्ने धितोपत्र बोर्डको योजना रहेको अध्यक्ष हमालले बताए । ‘आईपीओ ४५ दिनभित्रै स्वीकृत हुने वातावरण निर्माण गर्नेछौँ’, उनले बताए । लगानीकर्ताको क्षमता र चेतना बढाउन क्यापिटल मार्केट इन्चिच्युट पनि बनाउने धितोपत्र बोर्डको योजना रहेको अध्यक्ष हमालले बताए ।
त्यस्तै उनले सुशासन कायम गर्नको लागि बोर्डले गर्न सम्पूर्ण कार्यहरु पूर्ण डिजिटल बनाउने घोषणा पनि गरेका छन् ।




















प्रतिक्रिया