Logo

अर्थ

आगामी मौद्रिक नीतिमा घरजग्गा क्षेत्रमा खुकुलो नीतिको व्यवस्था गरिने



काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी आगामी मौद्रिक नीतिमा घरजग्गा क्षेत्रमा खुकुलो नीतिको व्यवस्था गरिने बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडीएफ)का पदाधिकारीले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गर्ने क्रममा अधिकारीले टोलीलाई उक्त प्रतिक्रिया दिएका हुन् ।

राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा परेको असरलाई नजिकबाटै अनुभव गरिरहेको बताउँदै गभर्नर अधिकारीले घरजग्गा क्षेत्रलाई खुकुलो बनाउने प्रतिक्रिया दिँदै सुहाउँदो नीति ल्याउने बताए ।‘पहिलो प्राथमिकतामा तपाईंहरुलाई राखेका छौं । हाम्रो टिमले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन गहन छलफल गर्छौं । अधिकारीले टोलीलाई भने ।

आगामी मौद्रिक नीतिको सुझावका लागि गभर्नर अधिकारीकै पहलमा घरजग्गा व्यवसायीहरुको भेट भएको हो । गभर्नर अधिकारीले प्राथमिकताका दिएर घरजग्गा व्यवसायीहरुबाट सुरुमै मौद्रिक नीतिको सुझाव ग्रहण गरेका हुन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १२:१२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।