Logo

अर्थ

सेयर बजारमा ४०.४८ अंकको वृद्धि, ३ अर्बमाथिको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा विन्दुमा पुगेको छ ।

उक्त दिन ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको १३ वटै उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा सुधार आउँदा आज ग्लोबल आइएमई ब्यालेन्ड्स फण्डको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ३.८३ प्रतिशतले घटेको छ ।

मेगा म्युचुअल फण्डको २.५३ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको २.५१ प्रतिशत, एनआइसी एशिया सेलेक्ट फण्डको २.४० प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज सेयर बजारमा बढोत्तरी आउँदा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० अंकले बढेको हो ।

त्यसैगरी, सिटि होटल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । गुहेश्वरी मर्चेन्ट बैंकको८.७० प्रतिशत, रिलायन्स फाइनान्सको ८.३६ प्रतिशत, नागरिक लगानी कोषको ८.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १५:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।