Logo

अर्थ

रिलायबल नेपाल लाइफको वित्तीय विवरण र लेखापरीक्षक नियुक्तिकाे प्रस्ताव पारित



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न छैटौँ वार्षिक साधारणसभा (एजीएम)ले आर्थिक वर्ष २०७८–७९को वित्तीय विवरण स्वीकृत गरेको छ ।

कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिको छैटौँ वार्षिक प्रतिवेदनका साथै आर्थिक वर्ष २०७८–७९को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको हो ।

सभामा सेयरधनीले उठाएका जिज्ञासाहरुको अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले जबाफ दिएका थिए ।

सभामा कम्पनीलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने बीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालालाई कम्पनीले धन्यवाद व्यक्त गरेको थियो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १६:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।