काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध जिम्बाव्वेले जवाफी ब्याटिंग गरिरहेको छ।
नेपालले जिम्बाव्वे सामु जितका लागि २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो । अहिलेसम्म जिम्बाबेले दुई विकेटको क्षतिमा २५७ रन जोडिसकेको छ । ४२ ओभर खर्चेर जिम्वावेले यो स्कोर हात पारेको हो । यही लयमा जाने हो भने जिम्वावेले नेपाललाई पराजित गर्ने देखिन्छ ।
४८ बल हुँदा ३४ रन बनाउन बाँकी रहेको जिम्वावेले सजिलै नेपाललाई जित्ने देखिन्छ ।




















प्रतिक्रिया