काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बेनेलीले बाइकको मूल्य घटाएको छ । इटालीयन कम्पनीमार्फत निर्मित बेनेलीका बाइकहरुको मूल्य नयाँ आर्थिक वर्षसँगै घटेको हो । गएको आठ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले बाइकको मूल्यमा गिरावट आएको जनाएको हो ।
चालकहरुको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लिले २०१५ देखि नेपालमा बाइक आयात शुरु गरिरहेको छ । अहिले बजारमा केटिएमले बेनेलीको १२५ सि सि देखि ७५२ सीसीसम्मको मोटरसाइकल बिक्रि बितरण गर्दै आइरहेको छ ।
आ.ब. २०८०/०८१ को नयाँ बजेट पश्चात् आजबाटै लागू हुने गरी बेनेलीका मोटरसाइकलहरुको मूल्यमा साठ्ठी हजारसम्मको छुट गरी बजारमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।
नयाँ मूल्यअनुसार बेनेली १८० एसको मूल्य २५ हजार घटेर चार लाख २९ हजार ९ सय पुगेको कम्पनीले जनाएको छ । त्यस्तै बेनेली १८० एस. नियोनको मूल्य पनि २५ हजार घटेर चार लाख ३९ हजार ९ सय पुगेको छ । बेनेली पेनेरिया १२५ सीसीको मूल्य ३५ हजार घटेर २ लाख ९९ हजार ९ सय पुगेको कम्पनीले जनाएको छ । त्यस्तै बेनेली टिआरके २५१ सीसीको मूल्य ६० हजारले घटेर सात लाख ६४ हजार ९ सय पुगेको कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया