काठमाडौं । २५ औं ‘पोखरा सडक महोत्सव’को सह संयोजकको जिम्मेवारी वैभव पौडेललाई दिइएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान)पोखराकाे कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पौष १३ गते देखि १७ गते सम्म पोखराको लेकसाइडमा “सडकमै खाउ, सडकमै रमाउँ” भन्ने उद्देश्यका साथ महोत्सव हुने भएको हो । अव हुने पोखरा सडक महोत्सव २५ औं संस्करणको हुने भएकाले पनि विशेष मानिएको छ । ‘पोखरा सडक महोत्सव’ ५ दिनसम्म फिस्टेल गेटदेखि खहरे चोक हुँदै जरेवर लेकसाइडसम्म हुनेछ ।
गण्डकी प्रदेशका एघार जिल्ला सेरोफेरोका संस्कृतिहरु पोखरा सडक महोत्सवका आकर्षण हुनेछन् । विगत वर्षहरुमाझै यस वर्ष पनि साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँक्री प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तब्य सहितको डकुमेन्टी प्रदर्शन गरिने आयोजकको भनाई छ ।




















प्रतिक्रिया