Logo

अर्थ

आगामी आर्थिक वर्षमा राजस्व बढ्छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट अर्थतन्त्रलाई सवल तुल्याउने गरी ल्याइएकोे बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले बजेटमाथि सबै जनताको पहुँच हुने दाबी गरेका हुन् ।

बजेटमा व्यवस्था गरिएका करका दरहरुमा पटकपटक असन्तुष्टि व्यक्त भइरहनुको कुनै अर्थ नरहेको भन्दै महतले धेरै आम्दानी गर्नेहरुलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गरे ।‘संघीयता अनुसार हामी नगएको पनि होइन । समाजवाद उन्मुख कुरा धेरै पटक आइसक्यो । खाली शब्दले मात्रै केही हुँदैन हेर्नुस् । मूल कुरो अव हामी शब्द जे पनि राख्न सक्छौं । तर त्यसको मर्मको कुरा गर्ने हो भने आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पुर्‍याउने नै यो बजेटको लक्ष्य हो । हामीले करको यो विनियोजन बजेटको विषयमा छलफल गरिरहेका छौं । यसमा मैले धेरै प्रवेश गर्न आवश्यक छैन।’उनले भने ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा राजस्व बढ्ने दाबी गरे ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १७:५९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।