काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य उकालो लागेको छ ।
आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापवाला सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन छापवाला सुन प्रतितोला फाइन सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ लाख ३७० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया