काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ओरालो लागेको छ ।
आज प्रतितोला छापावाला सुन १०० रुपैयाँ र तेजाबी सुन ५० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया