काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार १५० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया