काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज प्रतितोला एक सय रुपैयाँ घटेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो ।




















प्रतिक्रिया