Logo

स्वास्थ्य

 गण्डकी प्रदेशमा ६ हजार ४५९ कोरोना संक्रमित



गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ४५९ पुगेको छ। अद्यावधिक विवरणअनुसार शनिबारमात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४७७ पुगेको छ। प्रदेशमा ३ हजार ८१५ जना कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।