Logo

अर्थ

दोहोरो अंकले बढ्यो सेयर बजार, ३ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ को विन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.२८ अंकले ३९२.१५ को विन्दुमा पुगेको छ । ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।

आज नेप्से उपसमूहमा १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २८९ कम्पनीका ८५ लाख ४ हजार ३७८ कित्ता सेयर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँमा किनबेच भएका छन् ।

आज जलविद्युत समूह सर्वाधिक ४.४१ प्रतिशतले उकालो लागेको छ । लघुवित्त समूह १.८७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.७३ प्रतिशत, विकास बैंक समूहमा ०.७९ प्रतिशत, लगानी समूहमा ०.५५ प्रतिशत, जीवन बीमा समूहमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९५ प्रतिशत, अन्य समूहमा १.०४ प्रतिशत र व्यापार समूहमा ०.३४ प्रतिशतको बढोत्तरी भएको छ ।

त्यसैगरी, वित्त समूह १.९५ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.८७ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार १६:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।