Logo

अर्थ

तीन सयले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ओरालो लागेको छ ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १२:०२   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।