Logo

अर्थ

घोराही सिमेन्टको आईपिओ आज बाँडफाँड हुने



काठमाडौंँ । घोराही सिमेन्टले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीले गत जेठ ३२ गतेदेखि निष्काशन गरेको शेयरमा चलखेल भएको भन्दै चौतर्फी विरोधपछि नेपाल धितोपत्र बोर्डको आदेशमा गत असार ४ देखि कम्पनीको आईपिओ स्थगित गरेको थियो ।

कम्पनीको आईपिओमा परेको प्रारम्भिक विवरण हेर्दा आवेदन दिएका सबै आवेदकले शेयर पाउने भएका छन् । कम्पनीले आज अपरान्ह ३ः३० बजे नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीको आईपिओमा परेको अन्तिम आवेदन विश्लेषण गर्दा सबै आवेदकले न्युनतम १० कित्ता र केहि आवेदकले २० कित्तासम्म शेयर पाउने देखिएको हो।

कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४सय ३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १२:०६   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।