Logo

अर्थ

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू



काठमाडौं। आइतबार मध्य रातिबाट स्वचालित मूल्य प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा आएको छ ।

योसँगै नेपाल आयल निगमले एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने जनाएको छ। डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने जनाएकाे छ ।

निगमले यसअघिको भारतसँगको सबै वक्यौताहरु तिरिसकेको र नेपाल सरकारसँगको ३ अर्ब ५० करोड वक्यौता बाँकी रहेको वाणिज्य सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।

पेट्रोलमा प्रतिलिटर ६, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ मूल्य घटेको छ ।

यसअघिको वर्गीकरणका आधारमा तय गरेको मूल्यमा समान रुपमा घट्ने गरेको आयल निगमले जनाएको छ ।

भारतीय बजारभन्दा अब पेट्रोलमा १३.२७ पैसा, डिजेलमा ९.९४ पैसा, हवाई इन्धन २३.८१ (आन्तरिक), बाह्यमा भने केही महँगो छ। एलपी ग्याँस भने प्रति सिलिण्डर १,८०० रुपैयाँबाट घटेर १,७९० रुपैयाँ भएकाे छ ।

यो कार्यविधि अनुसार मूल्य बढेर आएपछि मूल्य बढ्छ र घट्दा घट्नेछ । हवाई इन्धनको मूल्यमा भने स्वचालित मूल्य प्रणाली लागू नहुने निगमले बताएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ०९:००   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।