Logo

राजनीति

कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा ल्याउन हरेस खानु हुँदैन : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन हरेस खान नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्टहरु मिल्न सक्ने, सहकार्य गर्नसक्नेहरुबीच एकता गरेर अघि बढ्नुपर्ने बताए ।

कम्युनिष्टहरु मिलाउन सकेमा शक्ति आर्जन गर्न सकिने उनको विश्वास छ । उनले विभाजनले कम्युनिष्टहरुलाई नै नोक्सान हुने बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १२:२३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।