काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीका महामन्त्री गगनकुमार थापामाथि कटाक्ष गरेका छन् । महामन्त्री थापाले पार्टीभित्र गफ दिएर सबै कुरा भद्रगोल गर्न खोजेको नेता बस्नेतको टिप्पणी छ ।
आइतबारको केन्द्रीय समिति बैठकमा उनले भने, ‘पार्टी विधानअनुसार चल्नुपर्छ पनि भन्ने अनि विधान र विधि एकतिर छाडेर सडकमा आफ्नो व्यक्तिगत मत्वाकांक्ष छ्यालब्याल बनाउने । यसरी यो पार्टी बलियो हुन्छ ?’
गगनलाई लक्षित गर्दै उनले कांग्रेस कमजोर पार्ने काम निश्चित व्यक्तिहरुबाट भइरहेको छ । कुनै गुटले पनि नपत्याएपछि अहिले केही मानिसहरू गुट चाहिन्न भनिरहेका छन्,’ उनले भने, ‘हिजो एकपछि अर्को गुटमा गएर उनीहरूले के–के अवसर लिए ?’
मौका पाउँदा सबैले गुटबाट फाइदा लिएको उनको भनाइ थियो। क‘दाइ–भाउजूले टिकट बाँड्छन् भन्ने ? ठुला कुरा गर्नेहरूले स्थानीय चुनावमा सिन्धुपाल्चोकमा कारबाही सिफारिस गरेकालाई गुटबाट प्रदेश समानुपातिक उम्मेदवार सिफारिस कसले गरेको हो ?,’ बस्नेतको प्रश्न छ । आफूलाई गत चुनावमा हराउन खोजेको आरोपसमेत उनले लगाए ।




















प्रतिक्रिया