काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य शशांक कोइरालाले पार्टीले सरकारमा जाने मात्रै लक्ष्य लिएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले पार्टीलाई कता लैजाने भनेर लक्ष्य स्पष्ट हुनुपर्ने बताए ।
‘कांग्रेसको लक्ष्य के हो । हामी कता गइरहेका छौं ?,’ उनले भने, ‘खाली सरकार र सत्ता मात्रै। पार्टी रूपान्तरण गर्नुपर्यो ।’ नेता कोइरालाले महिलाहरूलाई नेतृत्वमा पुर्याउनुपर्ने बताए । महिलाहरूले संगठनमा काम गर्दा आफू लगातार चार पटक चुनाव जितेको उनको भनाइ छ।
उनले कांग्रेस पनि विकेन्द्रीकृत हुनुपर्ने भन्दै केन्द्रबाट टिकट दिन नहुने बताए। क्रियाशील सदस्य धेरै भए पनि कम भोट प्राप्त भएको उनको भनाइ छ। ‘८०० क्रियाशील भएका क्षेत्रमा २०० भोट मात्रै रूखलाई आएको छ। हामीले कस्तो क्रियाशील बनायौं ? ८ लाख बढी क्रियाशील छन्,’ उनले भने, ‘अलि कडाइ गर्नुपर्यो।’




















प्रतिक्रिया