Logo

राजनीति

हिजोका दिनदुखी कामरेडहरू आज धनाढ्य भइसक्नुभएछ : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले हिजोका दिनदुखी कमरेडहरु आजको नवधनाढ्य भएका बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आफूले चिनेजति धेरै धनाढ्य वर्गहरु र काला बजारियाहरू कम्युनिस्ट पार्टीका नेता भइसकेको बताए ।

‘नारायाणकाजी कमरेडले समात्नुभएका पनि धेरैजना कामरेड नै हुनुहुँदोरहेछ । विप्लवजी र हामीसँगै काम गरेका कामरेडहरु पनि हुनुहुँदो रहेछ । हामीसँगै दौडिएका कमरेड पनि पर्नुभएको रहेछ’, यादवले भने, ‘हिजोका दिनदुखी कामरेडहरु आज नवधनाढ्य भइसक्नुभएको छ ।’

भ्रष्टाचार बढेको भन्दै अध्यक्ष यादवले यस्तो अवस्थामा समाजवाद कहाँबाट आउँछ भनेर प्रश्न गरे ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १६:००   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।