काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आधारदर (बेसरेट) भन्दा तल कर्जा दिन पाउने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७९ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै बैंकहरूले बेसरेटभन्दा कममा कर्जा दिन पाउने व्यवस्था गरेको हो।
राष्ट्र बैंकको नयाँ व्यवस्थाले विभिन्न कम्पनीहरूले जलवायु कोष (क्लाइमेट फन्ड)को ठूलो रकम नेपाल ल्याउन बाटो खुला भएको छ। आधारदर भन्दा तल झरेर कर्जा दिन नपाउने व्यवस्थाका कारण फन्डमार्फत नेपाल आउन लागेको ठूलो रकम रोकिएको थियो।
राष्ट्र बैंकले सरकार र प्रदेश सरकार र स्थानीय तहले आफ्नो कार्यक्रमअन्तर्गत वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायत अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थामार्फत तोकिएको क्षेत्र एवं वर्गमा ऋण परिचालन हुने गरी सञ्चालन गरेको कार्यक्रमअन्तर्गतको कर्जा औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न यस व्यवस्थाले बाधा पुर्याएको नमानिने निर्देशनमा उल्लेख छ।




















प्रतिक्रिया