काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (बुधबार)देखि सुरु भएको छ । राजधानीको प्रज्ञा भवनमा सुरु भएको बैठकको पहिलो दिन प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका छन् ।
अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि आजैदेखि छलफल सुरु भएको छ । आज बैठकमा १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । बैठकमा अध्यक्षले प्रतिवेदन पेश गरिएको भएपनि नेताहरूलाई बाँडिएको छैन ।
भोलि बिहान ११ बजे बस्ने गरी आजको लागि बैठक सकिएको छ । प्रचण्डले भदौदेखि तीन महिने ‘जनतासँग पार्टी’ अभियानदेखि पार्टी सुदृढ बनाउनेबारे प्रस्ताव अघि सारेका छन् ।
- याे पनि…




















प्रतिक्रिया