Logo

अर्थ

वाणिज्य बैंकहरुमा निक्षेप १ अर्बले बढ्दा कर्जा लगानी पनि १ अर्बले घट्यो



काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप १ अर्बले बढ्दा कर्जा लगानी पनि १ अर्बले घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा साउन १७ गते बुधबारसम्ममा निक्षेप ४९ खर्ब ४६ अर्ब छ । अघिल्लो दिन गत मंगलबार ४९ खर्ब ४५ अर्ब थियो । त्यस्तै साउन १७ गते बाणिज्य बैंकहरुको कर्जा लगानी घटेर ४२ खर्ब ९३ अर्बमा झरेको छ । अघिल्लो दिन ४२ खर्ब ९४ अर्ब थियो ।

त्यस्तै गत बुधबार समग्र बैंकिङ प्रणालीमा कूल ५६ अर्ब १६ अर्ब निक्षेप हुँदा अघिल्लो दिन ५६ खर्ब १५ अर्ब थियो । त्यस्तै बुधबार कूल कर्जा लगानी ४८ खर्ब ५३ अर्ब छ भने अघिल्लो दिन ४८ खर्ब ५५ अर्ब थियो । अन्तरबैंक ब्याजदर घटेर ५.४८ प्रतिशतमा झरेको छ । अघिल्लो दिन पनि ५.५१ प्रतिशत प्रतिशत थियो ।

सीडी रेसियो बढेर ८३.३८ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत मंगलबार ८३.४२ प्रतिशत थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १८:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।