काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ ।
यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका सीआईबी स्रोतले जनाएको छ ।
२ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको सुनबारे लामो समय राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको राजस्व अनुसन्धान विभागले बरामद गरेपछि केही राजस्व अनुसन्धान विभागले केही मानिस पक्राउ समेत गरेको थियो । सीआइबीलाई अनुसन्धानको जिम्मा दिनुपर्ने माग उठेपछि राजस्व अनुसन्धान विभागले प्रहरीको जिम्मा लगाएको हो ।




















प्रतिक्रिया