काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले प्रदेश १ लाई कोशी नामकरण गरिएकोविरुद्ध आफूले कुनै न कुनै रुपमा आन्दोलन गरिरहेको बताएका छन् । किरात राई यायोक्खाको ३६औं स्थापना दिवस समारोहलाई साेमबार काठमाडाैंमा सम्बोधन गर्दै उनले संसद्मा प्रदेश १ को नाम कोशी नलेखेर पनि आफूले एक खालको आन्दोलन गरेको स्पष्ट पारे ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसमेत रहेका मन्त्री किरातीले आफूलाई मन्त्री पदमा टाँसिरहन मन नभएको पनि बताए । पदमा रहेसम्म पुर्खाको शिर निहुरिने खालका कुनै पनि काम उनकाे भनाइ छ। ‘मन्त्री पदमा टाँसिरहन मन छैन । तर पदमा १ मिनेट रहौं, एक घण्टा रहौं, जति रहन्छु, पूर्खाहरूको शिर निहुरिने काम गर्दिन’, मन्त्री किरातीले भने, ‘संसद्मा प्रदेश १ को नाम कोशी नलेख्दा ३ दिन संसद् अवरुद्ध भयो । यो पनि आन्दोलन हो ।’




















प्रतिक्रिया