Logo

राजनीति

केन्द्रकाे निर्देशनपछि कांग्रेस तनहुँले संचालनमा ल्यायाे आधिकारिक फेसबुक पेज



दमौली । नेपाली कांग्रेस तनहुँले पार्टीको आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याएकाे छ । कांग्रेस तनहुँको आइतबार बसेको बैठकले केन्द्रको निर्देशन अनुसार पार्टीको आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याएकाे हाे ।

कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारीका अनुसार पार्टीले सञ्चालन गरेको फेसबुक पेजबाट पार्टीका गतिविधि सार्वजनिक गरिनेछ । त्यस्तै बैठकले पार्टीको नाम र झन्डा राखेर अनधिकृत रुपमा सञ्चालन गरिएको फेसबुक पेज बन्द गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

अन्यथा पार्टीले कारबाहीका लागि सिफारिस गरिने जिल्ला सदस्य अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १९:०५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।