काठमाडौं । राजावादी पार्टी राप्रपाको उपाध्यक्षमा मनोनीत भएका दिलविकास राजभण्डारीले श्रीपेच लगाएको तस्बिले पार्टीभित्र चर्चाको विषय बनेको छ ।
हालै मात्रै अध्यक्ष राजेन्द्र लिङ्देनले राजभण्डारीलाई पार्टीको नवौँ उपाध्यक्षका रुपमा मनोनीत गरेका थिए ।
उपाध्यक्षमा मनोनीत भएसँगै भण्डारीले श्रीपेच लगाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । भण्डारीले साथीको घरमा गएको बेला श्रीपेच देखेपछि कुरैकुरामा लगाएको र त्यही तस्बिर अहिले सामाजिक सञ्जालमा आएको बताए ।
उनले आफूले लगाएको उक्त श्रीपेच राणाहरुले प्रयोग गर्ने पुरानो श्रीपेच भएको भन्दै यो ठूलो विषय नभएको बताए । आफूलाई राजा बन्न इच्छा भएर वा अरु कुनै सन्देश दिनका लागि उक्त श्रीपेच नलगाएको उनको भनाइ छ । ‘साथीको घरमा जाँदा श्रीपेच रहेछ, त्यही लगाएको भिडियो कसैले फेसबुकमा हालिदिएको छ’, उनले बताए ।




















प्रतिक्रिया