Logo

प्रमुख समाचार

राष्ट्रियसभामा प्रतिपक्षको अवरोध, साउन ३१ गते १ सम्मका लागि बैठक स्थगित



काठमाडौं । राष्ट्रियसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैले आसनबाट उठेर विरोध जनाएका छन् । शुक्रबार ११ बजे बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग प्रमुख प्रतिपक्ष दलले बैठकमा अवरोध गरेको हो ।

एमालेले गरेको बैठक अवरोधको विरोधमा सत्तापक्षका सांसदहरु पनि उभिएका थिए । बैठकको आकस्मिक समयमा सांसदहरुले आफ्नो भनाई राखेपछि बैठक अवरुद्ध भएको थियो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर संसद् अवरुद्ध भएको भन्दै पटक-पटक आग्रह गरेपनि दुवै पक्षले विरोध रोकेनन् । त्यसपछि बैठक साउन ३१ गते बुधबार १ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १२:३७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।