Logo

प्रमुख समाचार

कांग्रेस संसदीय दलको बैठकका नेताहरुकाे एक स्वर: सांसद शर्माको पक्राउ आपत्तिजनक



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले देशमा भइरहेको बाढी वर्षाको क्षतिपूर्ति नागरिकलाई दिन सरकारसँग माग गरेको छ ।

आज बानेश्वर स्थित संघीय संसद भवन ल्होत्से हलमा बसेको कांग्रेसको बैठकले बाढी पहिरो र डुवान प्रभावितहरुको उद्दार, राहत र पुनस्र्थापनाको अविलम्ब व्यवस्था गर्न, ध्वस्त भएका, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निमाण गर्न, विभिन्न स्थानमा अवरुद्ध भएका सडक यातायात अविलम्ब सुचारु गर्न नेपाल सरकारसँग माग गरेको छ । त्यस्तै लम्पी स्किनको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले तत्काल कार्य गर्न र पीडित किसानलाई उचित राहत एवं क्षतिपूर्ति दिन पनि सरकारको ध्यानाकर्षण गरेको जनाएको छ ।

बैठकले डेङ्गी रोग र एडिनो भाइरस कन्जन्टिभाईटिस (आँखा पाक्ने) रोगको रोकथाम तथा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । बैठकले खेत रोपाईँ हुन नसकेका स्थानका किसानलाई राहत दिन पनि माग गरेको छ । त्यस्तै खानेपानीको समस्या समाधान गर्न पनि सरकारले तत्काल काम गर्न थाल्नुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

बैठकले कांग्रेसका सांसद सुनिल शर्मा पक्राउको विषय अप्रत्यासित एवं आपत्तिजनक भएको बताएको छ । सांसद पक्राउको विषयमा संसदीय दलले आगामी बैठकबाट धारण प्रष्ट पार्ने जनाएको छ । कांग्रेसको संसदीय दलको बैठक आउँदो २८ गते आइतबार साढे १२ बस्ने गरी सकिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १९:१६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।