Logo

प्रमुख समाचार

आराम गर्न चितवन पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ चितवन गएका छन् ।

प्रधानमन्त्री प्रचण्ड आराम गर्नका लागि चितवन पुगेकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ । प्रधानमनन्त्री प्रचण्ड दुई दिनसम्म चितवन बस्नेछन्। जिल्लामा प्रधानमन्त्रीका अन्य कुनै कार्यक्रम नभएको बताइएकाे छ ।

प्रचण्ड शुक्रबार शिवनगरमा रहेको आफ्नै निवासमा बसेका छन्। जिल्लाका नेता कार्यकर्ता प्रचण्डको निवासमा पुगेका छन् । घर बनाएपछि प्रचण्ड आफ्नो निवासमा बसेको तेस्रो पटक हो । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सकिएपछि प्रचण्ड आराम गर्न चितवन आएको बुझिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १०:३८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।