Logo

प्रमुख समाचार

गृहमन्त्री श्रेष्ठले देउवालाई किन गोप्य रुपमा भेटे ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरेका छन् ।

देउवाको सचिवालयले जनाए अनुसार उपप्रधानमन्त्री श्रेष्ठ देउवालाई भेट्नका लागि शुक्रबार साँझ धुम्बाराही पुगेका थिए । देउवा र श्रेष्ठबीच केहीबेर छलफल भएपनि के विषयमा कुराकानी भएको भन्ने खुलाइएको छैन ।

शुक्रबार नै बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसदहरूले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनिल शर्मामाथि सरकार पूर्वाग्रही भएर कांग्रेसलाई लक्षित गरेको आशंका गरेका थिए । कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएपछि गृहमन्त्री श्रेष्ठ धुम्बाराही पुगेका हुन् ।

पछिल्लो समय गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति सभापति देउवाले असन्तुष्टि जनाउँदै आएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण पक्राउ परेका कांग्रेस सांसद शर्मा शुक्रबार नै छुटिसकेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १०:४८   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।